
बझाङकी एक महिलालाई बलात्कार तथा यातना दिनेलाई कानूनी कारवाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले माग गरेको छ। राष्ट्रिय मानवअधिकार आयोग, सुदूरपश्चिमले सोमबार विज्ञप्ती सार्वजनिक गर्दै बझाङको बुंगल नगरपालिकाकी २१ वर्षीया महिलालाई ससुरा र उनको सहयोगमा अन्य व्यक्तिले पनि बलात्कार गरेको तथा यातना दिएको भन्दै पीडित महिलालाई न्याय दिन माग गरेको हो।

ती महिलाको शारिरिक र मानसिक अवस्था पनि नाजुक रहेको भनिएकाले पीडितको हालको स्वास्थ्य अवस्था तथा घटनाको अनुसन्धानको बारेमा जानकारी गराउन जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई आयोगले पत्राचार गरेको छ।
पछिल्लो समय देशभरी र प्रदेशका जिल्लाहरुमा श्रङ्खलाबद्धरुपमा बलात्कार, हत्या तथा यौनहिंसाका घटनाहरु बढ्नुले महिलाहरु संवैधानिक अधिकारबाट बन्चित भएको आयोगले जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/22, 4:51
2021/12/28, 2:41
2023/01/09, 6:06
2024/11/27, 1:38
2020/07/20, 10:43