
डडेल्धुराको डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। अस्पतालको प्रशासन शाखामा कार्यरत कर्मचारीमा बिहिबार कोरोना संक्रमण देखिएको अस्पतालका मेसु जगदिश विष्टले पुष्टि गरे।

उनलाई संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा सुचारु नै रहने मेसु विष्टले जानकारी दिए। संक्रमित कर्मचारीको सम्पर्कमा आएकाहरुको ५ दिनपछि स्वाब संकलन गरेर परीक्षण गरिने अस्पतालले जनाएको छ।
अहिले संक्रमित होम आइसोलेनमा बसिरहेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र लक्षण नदेखिएको स्वंय ती कर्मचारीले दिनेशखबरलाई बताएका छन्।

2025/05/25, 1:17
2025/05/25, 1:10
2025/05/25, 1:08
2025/05/25, 1:07
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 5:44
2020/10/19, 2:27
2021/04/20, 12:43
2021/11/03, 6:55
2022/10/11, 1:05