बाजुरामा धारिलो हतियारले हानेर दुई जना घाइते, तीन पक्राउ
2020/10/08, 8:20
 
kutpit

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ४ वाईका स्थानिय राजेश बुढालाई धारीलो हतियार प्रयोग गरी घाइते बनाएको आरोपमा स्थानीय बाबु छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

स्वामीकार्तिक खापर गाउँपालिका ४ का कृष्ण गिरी र उनका छोरा सागर गिरी र शुभम गिरीलाई प्रक्राउ गरी जिल्ला चलान गरेको ईलाका प्रहरी कार्यालय स्वामीकार्तिकका ईन्चार्ज कर्णबहादुर घर्तीले जानकारी दिए ।

आज विहान वाईको जिउलोमा काम गरीरहेका स्थानीय कपुर बुढा र उनका छोरा राजेश बुढालाई धारीलो हतियार प्रयोग गरी सख्त घाईते बनाएको आरोपमा निज गिरीका बाबु छोरालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी लोकेन्द्रसिहं ठकुन्नाले बताए । उनका अनुसार उक्त घटनाका संलग्न स्थानिय कृष्ण गिरीका जेठा छोरा कुमार गिरी भने फरार छन।

फरार रहेका कुमार गिरीको खोजीतलासी गरी पक्राउ गर्न प्रहरीको टोली घटना स्थलमा खटिरहेको प्रहरीले जनाएको छ । धारीलो हतियार प्रहार गरी सख्त घाईते बनाईएका पिडीत राजेश बुढाको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार हुन नससिने भए पछि उनलाई रिफर गरी कोहोलपुर मेडिकल कजेलमा उपचार भइरहेको स्थानिय अंगराज गिरीले बताए ।

सांघातिक आक्रमणबाट घाईते भएका पिडित राजेश बुढाका बुवा कपुर बुढालाई समेत गम्भीर चोटलागेको प्रहरीले पुष्टि गरेको छ । उनीहरुलाई बढि चोटपटक लागेकोले प्राथमीक स्वास्थ्य केन्द्र कोल्टीले रेफर गरी सकेको जन स्वास्थ्य निरिक्षक ओम जंग शाहीले बताए ।