
धनगढी : जिप दुर्घटना हुँदा बैतडीमा ५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से१ज ८८८ नम्बरको जिप शुक्रबार बिहान करिब साढे १० बजे आम्चौरानजिकै दुर्घटनामा परेको हो।

जिपमा सवार १० जनामध्ये ५ जना समान्य घाइते भएका र उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। घाइतेको परिचय खुल्न सकेको छैन। जिप सडकबाट करिब ३० मिटर तल खसेको बताइएको छ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/18, 6:45
2021/08/19, 12:51
2023/07/16, 1:11