कैलालीका ३३ सहित सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि
2020/10/09, 6:04
 
corona

कैलालीका ३३ सहित थप ४९ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९३ जनाको परीक्षण गरिएकोमा ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका २१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उनका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का ५ सहित २१ जनामा संक्रमण पुष्टि भएको हो । 

यस्तै वडा नम्बर ५ का ४ जना, वडा नम्बर ३ र ४ का दुई÷दुई जना, वडा नम्बर ६ र १३ का एकरएकजना  र वडा नखुलेका ६ जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । यो सँगै धनगढीमा आठ सय ८५ पुगेको छ । गोदावरी नगरपालिकाका ७ जना, भजनी नगरपालिकाका तीन जना, घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाका एक÷एक जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कञ्चनपुरका १४ जनामा संक्रमण देखिएको छ । श्रेष्ठका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिकाका ६ जना, भीमदत्त नगरपालिकाका पाँच जना, पुर्नवास नगरपालिकाका दुई जना, कृष्णपुर नगरपालिका ५ का एकजनामा रहेका छन्। डडेल्धुराको भागेश्वर गाउँपालिका र सुर्खेतको सिंगाढका एक जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।