
चिकित्सा शिक्षा सुधारसहित विभिन्न ६ बुँदे माग राख्दै २७ दिनदेखि अनशनरत डा. गोविन्द केसीको समर्थनमा कविता वाचन कार्यक्रम आयोजना भएको छ। शनिबार बोलन्या थलीको आयोजनामा ‘डा. केसीका लागि कविताहरु’ भन्ने दवाबमूलक कार्यक्रम बोलन्या थलीको सेटमा आयोजित भएको हो।

२७ दिन पुगिसक्दा पनि सरकारले कुनै चासो नदिएको र उनले राखेका माग जायज भएको भन्दै कार्यक्रममा सहभागी सर्जकहरुले कवितामार्फत सरकारको ध्यानाकर्षण गरेका थिए।
कार्यक्रममा सर्जक जनक रसिक, शिवराज पनेरु, मदन भण्डारी, तेज पुरुष, रियल एनलाईसिस, लक्ष्मण भट्ट र सन्तोष पन्तले कविता र गजल वाचन गरेका थिए।

कार्यक्रममा बोलन्या थलीका संयोजक यादव जोशी, बोलन्या थली युनिटिका सदस्य लगायत डा. केसीका समर्थक युवाहरुको सहभागी रहेको थियो।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:43
2020/10/27, 6:56
2022/01/02, 11:59
2023/01/17, 5:34