मोडेल बन्न मुम्बई गएका पुष्कर विजनेशमा रोल मोडेल
2020/10/11, 2:38
 
puskar ojha

सीताराम ओझा- कैलाली उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले व्यवसाय थालेको सात बर्ष मात्रै भएको छ । कुनै समय मोडेल बन्ने सपना बोकेर मुम्बई पुगेका उनी विजनेशमा रोयल मोडेल भएका छन् । पुष्कर ओझालाई सात बर्षको अवधिमा जुन ठाउँमा हात हालेका छन । सबै व्यवसायमा उत्कृष्ट नतिजा दिएका छन् ।

2

2

त्यस्तै संयोग भएको छ पुष्कर ओझालाई सात बर्षको अवधिमा जुन ठाउँमा हात हालेका छन । सबै व्यवसायमा उत्कृष्ट नतिजा दिएका छन् । मोडलिङ क्षेत्रको भाषामा सुपर हिट भएका छन् । मोडेल हुदैं हिरो बन्ने सपना बोकेर मुम्बई पुगेका उनी फिल्मी भाषामा विजनेशमा ब्लकबस्टर भएका छन् । आफ्नै व्यवसाय गरेको मात्रै थोरै समय भएको हो तर व्यवसायसँग उनको साईनो भने निकै पुरानो छ । झण्डै एक जुग । अर्को शब्दमा १२ बर्षभन्दा बढी ।

1

2

1

सुदुरपश्चिमकै व्यवसायिक घराना मानिने दिनेश ग्रुपमा महाप्रबन्धकको रुपमा काम गर्दै व्यवसाय र व्यवस्थापन सम्बन्धी धेरै पाठहरु सिके । ती पाठहरुले नै उनलाई अहिले व्यवसायिक सफलता दिलाउन मदत्त मिलेको छ । मार्केटिङ अस्टिटेन्टको रुपमा दिनेश ग्रुपमा काम थालेका उनले चार बर्षपछि महाप्रबन्धक भएर पुरै ग्रुपको जिम्मेवारी पाए ।

2

1

जिम्मेवारीलाई पनि कुशलतापुर्वक निभाए । आफ्नो क्षमतासँगै ग्रुपको व्यवस्थापकीय सिद्धान्तलाई सही रुपमा कार्यान्वयन गराउन सफल भए । २०७० सालमा दिनेश ग्रुपबाट विदा हुदैं आफ्नै व्यवसाय सुरु गरे । त्यसपछि उनले पछाडी फर्किएर हेर्नु परेको छैन् । जुन व्यवसायमा हात हाले त्यतै सफल भईरहेका छन् । अटोमोवाईल व्यवसायमा अपत्यारिलो प्रगति गरिरहेका छन् । 

2

२० बर्षको उमेरमा जागीर सुरु गरेका उनले जागीर गर्दा नौ लाख रुपैयाँ कमाईबाट बचाएका थिए । केही पुख्र्यौली सम्पति पनि भएका कारण त्यसलाई धितो राखेर आफ्नै व्यवसायको सुरुवात गरे ।

2

2

सुजुकी मोटरसाईकलको अधिकृत बिक्रेताका रुपमा प्राप्ति अटो ईन्टरप्राईजेजबाट व्यवसाय थाले । सुजुकी मोटरसाईकल बिक्रीको हिसाबले सुदुरपश्चिममा खासै राम्रो थिएन् तर उनले डिलर लिएकै बर्षको देशभरीमै सवैभन्दा बढी मोटरसाईकल बेचे । वेष्ट डिलर अवार्ड पनि पाए ।

2

2

चार बर्षसम्म सुजुकी मोटरसाईकलको व्यवसाय सञ्चालन गरे । त्यस अवधिमा पनि राम्रै कारोवार गर्न सफल भए । अहिले भने उनले सुजुकी मोटरसाईकलको डिलर छोडिसकेका छन् । व्यवसाय गर्न थालेको एक बर्षमा उनले देखाएको लोभलाग्दो उलब्धीले सबैभन्दा बढी रुचाईएको हिरो मोटरसाईकलको डिलर पाए धनगढीका लागि । डिलरका लागि सहभागी भएका अनुभवी र बर्षौदेखि व्यवसायिक क्षेत्रमा जमिरहेकाहरुलाई पनि मात दिए उनले ।

1

2

हिरो मोटरसाईकलको डिलरको रुपमा विशेष अटोमोवाईल्स सञ्चालन गर्दै आएका छन् ।  हिरो मोटरसाईकलको डिलर लिएको पहिलो बर्ष टप १० डिलरभित्र परे । दोस्रो बर्ष टप फाईब र तेस्रो बर्ष टप वान अर्थात सवैभन्दा वढी मोटरसाईकल बिक्री गर्ने डिलरमा नम्बर वान भए । त्यसपछिका बर्षदखि उनी आजका दिनसम्म उत्कृष्ट र सर्वाधिक मोटरसाईकल विक्री गर्ने डिलरको रुपमा रहीरहेका छन् ।

1

2

मोटरसाईकलसँगै अटोमोवाईल्स क्षेत्रमा उनका अन्य व्यवसाय पनि थपिएका छन् । बिशेष मोटोकर्प रेनल्ट युरोपियन गाडीको अधिकृत विक्रेता हो । प्राप्ती अटो ईन्टरप्राईजेले सुजुकी मोटरसाईकल छोडेपछि सुजुकी गाडीको विक्री वितरण गर्दै आएको छ । त्यसलाई उनका भाईले हेरिरहेका छन् ।

1

2

उनी घरको जेठो । एक बहिनी र एक भाई । भाई रोजगारीका लागि कोरिया पनि बसेका थिए । उनले व्यवसाय सुरु गरेको एक बर्षपछि भाई पनि घर फर्किए । उनी फेरि विदेश जाने सोचमा थिए । तर पुष्करले यतै रोके । व्यवसायमा भाईलाई पनि सँगै लगेर अगाडी बढाए ।

2

उनी भाईले सुरुमा सुजुकी मोटरसाईकल हेरेका थिए भने अहिले सुजुकी गाडीको व्यवसाय हेरिरहेका छन् । व्यवसायमा जमिरहेका पुष्कर जागीरभन्दा पनि बढी आफ्नै व्यवसायमा रमाईरहेका छन् ।

2

2

जागीर गर्दा अरुको दिमाग अनुसार चल्नुपर्छ तर आफ्नै काम गर्दा आफ्नो दिमाग लगाउन पाउने अनुभव गरेका छन उनले । व्यवसायलाई स्वतन्त्र रुपले अगाडी बढाउन पाईरहेका छन् उनले । पुख्र्यौली घर डोटीको कालिकास्थानको वाहुन काँडा । तर उनी धनगढीमै जन्मिएका । आमा दुर्गादेवीको कोखबाट त्यो वेलाको सेती अञ्चल अस्पतालमा जेठो सन्तानको रुपमा जन्मिएका हुन उनी । बुबा प्रयागराज ओझा सरकारी जागीरे । जिल्ला प्रशासन कार्यालयका अधिकृत ।

2

बाल्यकालको पढाई धनगढीको शारदा माविमा । बीचको पढाई महेन्द्रनगर । कारण बुबाको सरुवा जता भयो उतै जानु परेका कारण । फेरि धनगढी आएर पञ्चोदय मावि हुदैं  शारदा माविबाट एसएलसी दिए ।  त्यसपछिको उच्च शिक्षा कैलाली बहुमुखी क्याम्पसबाट पुरा गरे । उच्च शिक्षा पढ्न थालेकै वेलादेखि उनले जागीर थालेका थिए । पढाई प्रभावित हुन थालेपछि बीचमा उनले काम गर्न पनि छोडे । तर पछि पढाई बाहेकको समयमा काम गर्ने समय पाएपछि फेरि जागीर गरे ।

2

2

घर परिवार उनलाई पनि सरकारी जागीर खानलाई भनिरहन्थे । लोकसेवाको तयारीका लागि बुबाले सधैं भनिरहने । तर उनलाई सरकारी जागीर खाने रहर थिएन् । तर उनलाई फोर्सको जागीर मन पर्ने । नेपाल आर्मीमा सेकेन्ड लेफ्टिनेन्टको लागि आवेदन भरे ।

1

2

२१ बर्ष मुनिको उमेर मागिएको थियो । फर्म भर्दा उनको उमेर २१ बर्ष मुनि नै थियो । तर परिक्षा ढिलो हुँदा उनको उमेर चार महिना एघार दिन बढी भईसकेको थियो । जस कारण उनले आफ्नो सेकेन्ड लेफ्टिनेन्ट बन्ने सपनालाई साकार बनाउन सकेनन् । 

1

2

उनको अर्को सपना थियो फिल्मको हिरो बन्ने । त्यसका लागि उनी एसएलसी दिएर सपनाको शहर मुम्बई पनि पुगेका थिए । धमेन्द्रको परिवारमा काम गर्थे उनका काका तुला ओझा । सन्नी देओल र बबी देओलको लागि काम गरिरहेका काकाकै कारण उनी मुम्बई पुगे । सन्नी बबी र धर्मेन्द्रसँग खिचेको फोटो अहिले पनि छ उनीसँग ।

1

1

तर रिल क्यामेराको फोटो एल्बममा राखिएका कारण खुईलिसकेको छ । रंग उडिसकेको छ । फिल्मी क्षेत्रमै काम गर्ने ईच्छा वोकेर मुम्बई गएका उनलाई घरबाट बोलाएर हैरान पारियो । घर फर्किन दवाब आउन थालेपछि उनको फिल्मी दुनियाँको हिरो बन्ने सपना पनि अधुरै रह्यो । तर पर्दामा छाउन नसके पनि अहिले व्यापारमा छाएका छन् । हिरो बनेको भए सेलिब्रेटी बन्थे होलान् । फ्यानहरु हुन्थे होलान् । तर विजनेशम्यान बनेपछि पनि उनी सेलिब्रेटी बनेका छन् ।

1

फ्यान पनि छन् । उमेरले चार दशक भएपनि अहिले पनि हिरोभन्दा कम छैनन् उनी । टिपटप गेटअप, फिट हेल्थ, हाईटमा पनि एकदम ठीक, जिउडालमा पनि निकै फिट । कुनै हिरोको भन्दा कुनै कुराको कमि छैन उनमा । नियमित व्यायाम र कसरत तथा सकारात्कम सोचले मानिसलाई सही बाटोमा हिडाउने मन्त्र बोकेर हिडिरहेका छन उनी । 

4

2

व्यवसायसँगै सामाजिक कामहरुमा पनि उत्तिक्कै सक्रिय छन पुष्कर । कैलाली उद्योग वाणिज्य संघको बरिष्ठ उपाध्यक्ष रहेका उनी व्यवसायिक हकहितका लागिरहेका छन् । व्यवसायीका पीर मर्का बुझ्नलाई पुगिहाल्छन । सक्दो पहल गर्छन् । समस्या पनि समाधान गराउन लाग्छन् । नेपाली युवा उद्यमी मंञ्च कैलालीका संस्थापक अध्यक्ष पनि हुन उनी ।

2

रोटरी क्लबका पुर्व अध्यक्ष भएर पनि सामाजिक कामहरु गरेका छन उनले । उनी रोटरी क्लबको अध्यक्ष रहेका वेला हावाहुरी पिडतका लागि ४४ घर निर्माण गरिएका थिए । पहाडी जिल्लामा हेल्थ क्याम्प, खानेपानी योजना पनि सम्पन्न भएको थियो । ह्युमानिटी फाउण्डेसनका संस्थापक उपाध्यक्ष समेत रहेका छन् ।

1

2

डडेल्धुरामा पिसिआर मेसिनका लागि जनस्तरबाट चलाइएको अभियानमा पनि सक्रियताका साथ लागेका थिए । भारतबाट घर फर्किएका नेपालीहरुलाई सीमामा खाना खुवाउने अभियानमा पनि उत्तिक्कै लागेका थिए । अभियान सुरु हुनु अघिको रातमा उनले व्यक्तीगत रुपमा नै खाना खुवाएका थिए । खेलकुद पनि उनलाई मन पर्छ ।

1

धनगढी प्रिमियर लिगको दुई पटकको च्याम्पीयन टीम टीम चौराहका मालिक मध्येका एक हुन् उनी । नेपाल खेलकुद पत्रकार मंचले आयोजना गरेको पहिलो सुदुरपश्चिम स्पोर्टस अवार्डमा पनि प्रायोजन गरेर साथ दिएका थिए उनले । स्कुल अफ डेमोक्रेसीका कैलाली अध्यक्ष समेत रहेका छन उनी । 

1

व्यवसायमा चम्किरहेका पुष्करसँग पढ्ने धेरै साथीहरु विदेश गएका छन् । उनी भने आफ्नै ठाउँमा सम्भावना खोज्दै व्यवसायमा जमिरहेका छन् । अन्य क्षेत्रका व्यवसायमा पनि सम्भावना खोज्ने योजना रहेको छ उनको । युवा उद्यमीहरुलाई प्रोत्सहान सहित व्यवसायमा लगाउन सकेमा सुदुरपश्चिमको समृद्धि हुने आशा उनले राखेका छन् ।

1

4

कैलाली उद्योग वाणिज्य संघको नेतृत्व लिएर व्यवसायिक हकहितमा लाग्ने सोच पनि बनाएका छन उनले । उनलाई व्यवसायिक सफलताको शुभकामना । 

5

1