
मंगलबारदेखि शनिबारसम्म विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणको लालपुर एक सय ३२ केभी सवस्टेशनमा ट्रान्सफर्मर फेर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने भएको हो । अत्तरिया ग्रिड शाखाले सुचना जारी गर्दै विद्युत अवरुद्ध हुने जनाएको हो ।

लालपुर सवस्टेशनमा १५ एमभीएको ठाउँमा ३० एमभिए क्षमताको ट्रान्सफर्मर जडान गर्नका लागि विद्युत सेवा प्रभावित हुन लागेको हो । सवस्टेशन अन्तर्गतको वेतकोट नगरपालिका, भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका, पुर्नवास नगरपालिका, वेल्डाडी गाउँपालिका र लालझाडी गाउँपालिकामा आलोपालो रुपमा विद्यतु आपुर्ति हुने ग्रिड कार्यालय अत्तरियाको सुचनामा उल्लेख गरिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/22, 7:43
2020/10/27, 6:56
2022/01/02, 11:59
2023/01/17, 5:34