कञ्चनपुरमा सरप्राईज चेकिङ:५९ सवारी साधन कारवाहीमा,३० हजार राजश्व संकलन
2020/10/13, 2:10
कञ्चनपुरमा प्रहरीको सरप्राईज चेकिङमा ५९ सवारीसाधनमाथि कारवाही गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाले सोमबार साँझ र आज बिहान गरिएको सरप्राईज चेकिङमा ५९ वटा सवारी साधन कारवाहीमा परेको जानकारी दिए।
उनका अनुसार कारवाहीमा परेका सवारी साधनबाट ३० हजार राजश्व संकलन समेत संकलन गरिएको छ। सोमबार साँझ १९ ठाउँमा गरिएको सरप्राईज चेकिङमा ३५ वटा सवारी साधनमाथि कारवाही गर्दै १९ हजार र आज बिहान गरिएको सरप्राईज चेकिङमा २४ सवारी साधनमाथि कारवाही गर्दै १२ हजार पाँच सय राजश्व संकलन गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताए।
कञ्चनपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना अन्तरगत सरप्राईज चेकिङ पनि गरिरहेको हो।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50