
बझाङमा काठमाडौँबाट फर्किएका ६ जना किशोरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको साइपाल गाउँपालिका स्थायी बसोबास भएका ६ किशोरीमा मंगलबार संक्रमण पुष्टि भएको हो । उनीहरु ४ दिनअघि मात्र काठमाडौंबाट बझाङ फर्किएर चैनपुरको एक होटलमा बसिरहेका थिए ।

किशोरीमा संक्रमण पुष्टि भएपछि उनीरु बसेको होटल आसपासको क्षेत्र सिल गरिएको छ । संक्रमित किशोरीको सम्पर्कमा आएकाहरुलाई सेल्फ क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गर्न जिल्ला अस्पताल आउन डाक्टर मिलन खड्काले आग्रह गरेका छन् ।
संघीय राजधानी काठमाडौँमा समुदाय स्तरमा कोरोेना संक्रमण फैलिसकेकाले जिल्ला बाहिरबाट फर्किनेलाई अनिवार्य क्वारेन्टिनमा बसेर कोरोना परीक्षण गराउन समेत अनुरोध गरिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/22, 4:51
2021/12/28, 2:41
2023/01/09, 6:06
2024/11/27, 1:38
2020/07/20, 10:43