एक दशकमा सहायक हुदैं प्रदेश प्रबन्धकको यात्रामा रहेका बैंकर
2020/10/14, 12:23
 
puspar kunwar

सीताराम ओझा-  उमेरले ३४ बर्ष, बैंकिङ क्षेत्रको अनुभवको हिसाबले १० बर्ष । पदको हिसाबले प्रदेश प्रबन्धकको जिम्मेवारी सम्हालिरहेका छन् पुष्कर कुँवर । प्राईम बैंकको सुदूरपश्चिम प्रबन्धक भएर अहिले उनी बैंक हाकिरहेका छन् । अहिले उनको काम गर्ने ठाउँ महेन्द्रनगर । महेन्द्रनगरको शाखासँगै प्रदेश हेर्ने जिम्मेवारी काँधमा ।

1

2

प्राईम बैंकसँग कैलाश विकास बैंक मर्ज भएपछि उनी महेन्द्रनगर पुगेका हुन् । त्यसपघि उनी धनगढी शाखामा थिए । धनगढीमा नयाँ शाखा स्थापना भएसँगै शाखा प्रबन्धक भएका उनी महेन्द्रनगरमा पनि नयाँ शाखा स्थापना भएपछि उता पठाईएका हुन् ।

2

4

बैंकको माथिल्लो व्यवस्थापनले उनको काम प्रति गरेको विश्वासले नै नयाँ शाखा स्थापना गर्न सजिलो भएप्नि स्थापित गर्न गाहे हुने भएकोले उनको काँधमा जिम्मेवारी दिदैं आएको छ । जिम्मेवारी निर्वाह गर्न सफल भएकै कारण उनी प्रति बैंकले पनि विश्वास गर्ने गरेको छ । 

4

2

2

एक दशकको बैंकिङ करियरमा प्राईम बैंकसँगको उनको साईनो साढे तीन बर्ष जति भएको छ । काठमाण्डौं हुदैं धनगढी र धनगढीबाट महेन्द्रनगरसम्मको यात्रा जोडिएको छ प्राईम बैंकसँग । बैंकिङ करियरको सुरुवात भने सिटिजन बैंकबाट भएको हो उनको । कञ्चनपुरको वेलौरीमा जन्मिएका उनी ।

1

4

4

माविसम्मको पढाई र वाल्यकाल उतै वेलौरीमा वित्यो । जनता वहुमुखी क्याम्पस वेलौरीबाट प्लस टु पछि स्नातक जनज्योती वहुमुखी क्याम्पसबाट पास गरे । त्यसपछि बैंकतिरको जागीर पनि सुरु भयो । सिटिजन बैंकको महेन्द्रनगर शाखामा सहायक पदबाट जागीर थाले । पाँच बर्ष त्यतै विताए । जागीरसँगै हिमालय व्हाईट हाउसबाट एमबीए पनि सिद्धाए । सिटिजन बैंकको बझाङ शाखामा प्रबन्धक भएर गए र चार महिना जति काम गरे त्यहाँ । 

4

4

1

त्यसपछि उनी एनएमबी बैंकमा आबद्ध भए । नवलपुर शाखामा डेढ बर्ष काम गरे । काम गर्ने ठाउँहरुमा आफ्नो क्षमता देखाउँदै गए । विभिन्न स्थानहरुमा अफरहरु आईरहेकै थिए । तर उनले ती अफरहरुलाई त्यति वास्ता गरेका थिएनन् । तर प्राईप बैंकमा राम्रो पद पाएपछि उनी बैंकका्े केन्द्रिय कार्यालयमा जोडिए ।

2

1

६ महिना जतिको केन्द्रिय कार्यालयको कामको सिलसिलामा बैंक व्यवस्थापनले उनलाई नजिकबाट चिन्ने मौका पायो । उनको काम प्रतिको ईमान्दारिता, लगनसीलता र दक्षता पनि देख्यो । बैंकले शाखा विस्तारको क्रममा धनगढीमा शाखा खोल्यो ।

1

1

प्रबन्धकको रुपमा पुष्करलाई नै पठायो । एक बर्ष जति धनगढी शाखामा बसेर काम गरे । त्यसपछि उनी अहिले महेन्द्रनगर शाखासँगै प्रदेश पनि हेरिरहेका छन् । बैंकको प्रदेश कार्यालय महेन्द्रनगरमै छ । प्राईम बैंकका सुदूरपश्चिमभरी ६ वटा शाखा रहेका छन् ।

2

4

उनी त्यसको नेतृत्व गर्दै अघि वढिरहेका छन् । तर गएको पुसदेखि काममा थप जिम्मेवारी पाएर पनि कोरोनाका कारण देखाउन उनलाई समस्या भईरहेको छ । जसोतसो भएपनि आफ्नो कार्यशैली अनुसार बैंकका शाखाहरुलाई हाकिनै रहेका छन् । 

1

2

अहिले पनि बसाई कञ्चनपुरकै वेलौरीमा छ । वैवाहिक जीवनपछि जीवन संगिनीको पनि राम्रै साथ पाएका छन् । उनका दुई छोरी पनि छन् । घरमा बुबाआमाको पनि राम्रै साथ र माया पाएका छन् । पुष्कर कुँवरलाई आगामी दिनमा अझ उत्तरोत्तर प्रगतिको कामना । 

1

1

2

1