बैतडीको पाटनका ४ कर्मचारीमा कोरोना संक्रमण, नगर क्षेत्र सिल
2020/10/14, 3:44
 
corona

बैतडीको पाटन नगरपालिकामा कार्यरत ४ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। कर्मचारीमा कोरोना देखिएपछि नगरपालिकालाई सिल गरिने भएको छ।

असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म नगरक्षेत्र सिल गर्ने निर्णय भएको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिए। बुधवार नगर उपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि सूचना जारी गर्दै नगरक्षेत्र सिल गर्ने निर्णय भएको जनाएको छ। 

सिलपछि बजार, व्यवसाय, कार्यालय तथा संघसंस्था बन्दका साथै आवतजावतमा रोक लगाइएको बताइएको छ।