बझाङमा क्वारेन्टाईनमा बसेकाहरुले लगाएर पर्खाल
2020/05/25, 7:31
 
bajhang

लामो समय भारतका विभिन्न क्वारेन्टाईनजरमा बसेर बझाङ पुगेका युवाहरु मिलेर विद्यालयमा पर्खाल लगाएका छन् । थलारा गाँउपालिका वडा नम्बर २ मा पर्ने शारदा माविको प्राङ्गण वरीपरी भारतबाट फर्किएका युवाहरु मिलेर घेरबार लगाएका हुन् ।

भारतको रामपुरमा अलपत्र परेका उनीहरुलाई एक हप्ता अघि मात्रै स्थानीय तह तथा सरोकारवाला मिलेर उद्धार गरेको थियो । आफ्नै गाँउ नजीकैको विद्यालय रहेको र विद्यालयको वरीपरी घेरबार नभएका कारण विद्यालय नजिकै बाट ढुङ्गा बोकेर पर्खाल लगाएको क्वारेन्टाईन्नमा बसेका युवा रागब राज बाँनीयाले जानकारी दिए ।

विद्यालयमा पर्खाल नहुँदा गाँउबाट विद्यालय संचालन भएको समयमा समेत पशु चौपाया विद्यालयको प्राङ्गणमा आउने समस्या थियो । अब उक्त समस्याको समाधान हुने समेत क्वारेन्टाईनमा बस्दै आएका तथा अर्का युवा भरत थापाले बताए । अहिले प्राप्त मात्रामा औजार नभएका कारण भने धेरै काम गर्न नसकिएको र आजौरहरुको समेत जनप्रतिनिधिहरुसंग आफुहरुले माग गरेको क्वारेन्टाईनमा बस्ने युवाहरुले बताएका छन् ।

साथै विद्यालयमा चर्पी समेत पुननिर्माण गर्नु पर्ने अवस्थामा पुगेकोले सो काम समेत गर्ने योजना उनीहरुको छ । क्वारेन्टाईन नजिकै रहेको स्वास्थ्य चौकीमा समेत घेरबार नभएकाले आफुहरु क्वारेन्टाईमा बसुन्जेलसम्म स्वास्थ्यचौकीमा समेत घेरबार लगाउने योजना रहेको उनीहरुले बताएका छन् ।

थलारा गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष हेमराज खड्काले युवाहरु मिलेर यस्तो सामाजिक कार्य गरेको भन्दै क्वारेन्टाईनमा बस्नेहरुको प्रसंशा समेत गरेका छन् । भारतको रामपुरबाट आएका उनीहरुसंग ३९ जना युवा सहित महिला तथा बालबालिका गरेर सो विद्यालयमा ६८ जना रहेका छन् ।