कैलालीकी मृतक पत्रकार पहराईको पोष्टमार्टम रिपोर्ट झुटो भएको भन्दै धर्ना
2020/10/15, 1:32
असोज २ गते कैलालीको घोडाघोडी नगरपालिका–५ को सामुदायिक वनमा मृत भेटिएकी पत्रकार निर्मला पहराईको पोष्टमार्टम र प्रहरी रिपोर्ट गलत भएको भन्दै उनका आफन्तले विरोध जनाएका छन्।
बिहिबार उनका आफन्तले जिल्ला अदालत कैलाली अगाडि धर्ना बसेर न्यायको माग गरिरहेका छन्। उनको हत्या नै भएको अवस्थामा प्रहरीले झुटा रिपोर्ट पेश गरी आत्महत्या बनाएको भन्दै निर्मलाका दाई तपेन्द पहराईले आरोप लगाए। ‘प्रहरीको रिपोर्ट हामी मान्दैनौ, हत्यारालाई उन्मुक्ति दिनु हुदैन’ उनले भने। आफन्तले निर्मलासँगै कार्यरत एक सहकर्मीले उनको हत्या गरेको आशंका गरेका छन्।
रेडियो कैलालीमा कार्यरत पहराई गत भदौँ ३१ गतेदेखि हराएकी थिइन। उनको शव असोज २ गते सामुदायिक वनमा झुण्डिएको अवस्थामा भेटिएको थियो।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/03/06, 12:48
2021/10/03, 11:56
2022/08/28, 1:58
2024/01/03, 11:50