बझाङको थलारा गाउँपालिकामा कुमारी बैंकको शाखा, सुदूरपश्चिममा मात्रै १९ शाखा सञ्चालनमा
2020/10/15, 7:16
bank

कुमारी बैंकले बझाङको थलारा गाउँपालिकामा नयाँ शाखा विस्तार गरेको छ। बिहीबार थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले उक्त शाखा उद्घाटन गरे। थलारा गाउँपालिकाको वडा नम्बर ५ मा खुलेको यो शाखा सुदूरपश्चिम प्रदेशको १९ औं र समग्रमा १८७ औं शाखा हो।

2

यो शाखाबाट स्थानीय, सर्वसाधारण, सरकारी तथा गैरसरकारी कार्यालयसम्मले सेवा लिन सक्ने बैंकले विश्वास गरेको छ।बैंकको सुदूरपश्चिममा १९ वटा शाखा र ८ वटा एटीएम सञ्चालनमा छन्।

1

देशभर भने १८७ वटा शाखा र १०८ वटा एटीएम, १३ एक्सटेन्सन काउन्टर र २२ वटा शाखा रहित बैंकिङ सञ्जाल रहेको छ।

3