धनगढीदेखि दिपायलमा नियमित हवाई सेवा सुरु
2020/10/16, 3:07
 
corona

लामो समयदेखि बन्द रहेको डोटीको दिपालय विमानस्थलबाट शुक्रबारबाट नियमित उडान सुरु भएको छ। धनगढीलाई मुख्य प्वाईन्ट बनाई समिट एयरलाइन्सले आजदेखि नियमित उडान सुरु गरेको हो। 

अबदेखि धनगढीबाट विहान १०ः३० बजे उडान भर्ने समिट एयरले र डोटीबाट ११ः३० मा उडान भर्ने छ। नियमित हवाई उडान हुने सुरु भएपछि डोटेलीहरुले खुशी व्यक्त गरेका छन्। शुक्रबार धनगढीदेखि १६ जना यात्रु लिएर आएको उक्त विमानले डोटीबाट १३ जना यात्रु लिएर गएको छ। 

हाललाई उक्त एयरलाईन्सले धनगढी–डोटी यात्राका लागि ३२ सय रुपैयाँ भाडादर तोकेको छ। विमान मार्फत डोटीदेखि धनगढी जान चाहने व्यक्तिहरुले दिपालयमा रहेको होटेल रिभरसाईडमा टिकटका लागि सम्पर्क गर्न सकिने उक्त एयरलाईन्सले जनाएको छ।