सुदूरपश्चिम प्रदेशमा आईतबार ५४ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । प्रदेशका ४ वटा प्रयोगशालामा गरिएको परिक्षणमा थप ५४ जना कोरोना संक्रमित थपिएका छन ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा ३८, जिल्ला अस्पताल डडेल्धुरामा गरिएको परिक्षणमा ८ जना, डोटी अस्पतालको प्रयोगशालाबाट ७ जना र बझाङ अस्पतालमा गरीएको प्रयोगशालामा ए जना गरी ५४ जनामा कोरोना संक्रमण पुष्टि सुदुरपश्चिम स्वास्थ्य निर्देशनाालयले जनाएको छ ।
आईतबार थपिएका संक्रमितहरुमध्ये कैलालीका २७, कन्चपुरका ११, बैतडीका ३ जना, बझाङका १ जना, दार्चुलाका १ जना, डडेल्धुराका ४ जना, डोटीका ७ जना रहेका छन् । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या आठ हजार नौ सय नाघेको छ ।
शनिवारसम्म आठ हजार आठ सय ५६ जना संक्रमित रहेकोमा आईतबार ५४ जना थपिएसँगै संक्रमितको संख्या आठ हजार नौ सय १० पुगेको छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ९७ हजार ७४० जनाको नमूना परीक्षण गरिएको छ भने बाँकी ८९ हजार ९८ जनाको कोरोना नेगेटिभ देखिएको छ ।
प्रदेश भरी हालसम्म १२४४ जना संक्रिय कोरोना संक्रमित छन भने पछिल्लो २४ घण्टामा सुदूरपश्चिमका बिभिन्न जिल्लाबाट १२६ जनाले कोरोना जितेका छन् । सुदुरपश्चिममा कोरोनाका कारण २५ जनाको मृत्यु भएको छ ।