धनगढी — सुदूरपश्चिममा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा अन्तर्गतका सबै सदस्यले दशैँका लागि ३५ लाख २९ हजार भत्ता बुझेका छन्।
मुख्यमन्त्रीलाई ७१ हजार, मन्त्रीहरुलाई ६३ हजार र प्रदेशसभा सदस्यहरुले ५६ हाजर ५ सय दशै भत्ता भुक्तानी गरिएको हो। प्रदेशसभा सचिवालयले प्रदेश सांसदलगायत पदाधिकारीहरुलाई दशैँंभत्ता बापत २६ लाख १८ हजार ५ सय भुक्तानी गरिएको सचिवालयका लेखा अधिकृत हरी जोशीले बताए।
मुख्यमन्त्री र मन्त्रीहरुका स्वाकीय सचिवहरुलेसमेत दशैँ भत्ता बुझेका छन्। सुदूरपश्चिममा मुख्यमन्त्रीसहित सातजना मन्त्री र राजनीतिक नियुक्ति पाएका उनीहरुका १४ जना स्वकीय सचिवहरु छन्। मुख्यमन्त्री त्रिलोचन भट्टले भने आज दशैँ भत्ता फिर्ता गर्ने बताएका छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले पनि भत्ता फिर्ता गर्ने र अन्य काग्रेसका प्रदेश सभा सदस्यहरुलाई पनि फिर्ता गर्न आग्रह गर्ने बताए।