सुदूरपश्चिम प्रदेशमा सोमबार थप एक सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका पाँचवटा प्रयोगशाला मार्फत एक हजार २ सय ६१ जनाको परीक्षण गरिएकोमा थप एक सय २७ जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। कार्की अनुसार सेती प्रादेशिक अस्पतालमा ७ सय ६१ जनाको परीक्षण गरिएकोमा ८८ जनामा संक्रमण पुष्टि भएको छ।
सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाका मात्र ३६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३ जना, वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर ६ का २ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै वडा नम्बर २ र १३ का एकएक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए।
यस्तै कैलालीकै टीकापुर नगरपालिकाका २५ जना, गोदावरी नगरपालिका–५ का ५ जना, मोहन्याल गाउँपालिकाका २ जना, गौरीगंगा नगरपालिका–३ का १ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ७ जना, कृष्णपुर नगरपालिका–३ का २ जना, शुक्लाफाटा नगरपालिका–१ र ठेगाना नखुलेका एक/एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए। त्यस्तै डोटीको बडीकेदार गाउँपालिकाका ३ जना र बैतडीको दशरथचन्द नगरपालिका–४ का एक जनामा पनि कोरोना पुष्टि भएको छ।
उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३१ जनामा संक्रमण पुष्टि भएको छ। १९४ जनाको कोरोना परीक्षण भएकोमा ३१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २० जना, बोगटान फुडशिल गाउँपालिकाका ६ जना, शिखर नगरपालिकाका ३ जना, त्यसैगरी आदर्श गाउँपालिका र केआई सिह गाउँपालिकाका एकरएक जनामा कोरोना संक्रमण भेटिएको बताए।
बझाङको प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ जना, अछामको कमलबजारस्थित प्रयोगशालामा भएको परीक्षणमा ३ जना र डडेल्धुरा अस्पताल गरीएको परीक्षणमा थप एक जनामा संक्रमण पुष्टि भएको सामाजिका विकास मन्त्रालयका स्वास्थ्य महाशखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३७ पुगेको छ। संक्रमित मध्ये ७ हजार ३ सय ७९ जनाले कोरोना जितेका छन् भने २५ जनाको मृत्यु भएको छ।