सेतीमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु
2020/10/21, 4:59
 
corona

सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको हो । उनको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । 

उनमा हिजो मात्रै कोरोना पुष्टि भएको थियो। अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार उनी कोरोना  पुष्टि हुनअघि अस्पतालको जनरल आईसियूमा उपचाररत थिए भने पुष्टि भएपछि भेन्टिलेटरमा राखिएको थियो। उनी रगतमा इन्फेक्सन भएपछि अस्पताल भर्ना भएका थिए।