सुदूरपश्चिममा थप १३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९२१९ पुग्यो
2020/10/21, 8:52
 
corona

सुदूरपश्चिम प्रदेशमा आज थप एक सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले २४ घण्टामा ६ वटा प्रयोगशालामा १ हजार ३ सय ९९ जनाको परीक्षण गर्दा थप एक सय ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

सेती प्रादेशिक अस्पतालमा पछिल्लो २४ घण्टामा ६ सय ६ जनाको परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण पुष्टि भएको छ।  अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिका–१ का २३ जना, गोदावरी नगरपालिकाका ३ जना, त्यसैगरी टीकापुर नगरपालिका र कैलारी गाउँपालिकाका, जोशीपुर गाउँपालिकाका २/२ जना, यस्तै गौरीगंगा नगरपालिका, लम्किचुहा नगरपालिका र बर्दगोरीया गाउँपालिकाका एक/एक जनामा संक्रमण देखिएको बताए।  यस्तै कैलालीकै ठेगाना नखुलेका ७ जनामा पनि संक्रमण देखिएको उनले बताए।

त्यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका, बेलौरी नगरपालिका, कृष्णपुर नगरपालिका र पुर्नवास नगरपालिकाका एक/एक जनामा समेत कोरोना पुष्टि भएको छ।  डोटीको केआई सिह गाउँपालिकाका एक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। यस्तै डडेल्धुरामा गरिएको परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा डडेल्धुरा अस्पताल प्रयोगशालामा एक सय ७३ जनाको परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले दार्चुलाका मात्रै ५० जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। यस्तै डडेल्धुराको अमरगढी नगरपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ।

जिल्ला अस्पताल बझाङ प्रयोगशालामा १९ जना, बैतडी प्रयोगशालामा २ जना र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार २ सय १९ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ४ सय जनाले कोरोना जितेका छन् भने २९ जनाको मृत्यु भएको छ।