
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको सुख्खड खण्ड खुलेको छ । क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै बसको ठक्करबाट मृत्यु भएका परिवारले बन्द गरेको राजमार्ग खुलेको हो । सुदूरपश्चिम यातायात र मृतकका परिवारबीच क्षतिपूर्तिका विषयमा सहमती भएपछि राजमार्ग खुलेको हो ।

सुदूर पश्चिम यातायातले बीमाको पाँच लाख र समितिका तर्फबाट थप गरी सात लाख ५० हजार रुपैँया दिने सहमती जनाएपछि मृतकका आफन्तहरुले सडक खुला गरेका हुन् । बुधवार राति बसको ठक्करबाट मोटरसाइकलमा सवार लम्कीचुहा नगरपालिका वडा नम्वर ९ की भागरथी रेग्मीको ज्यान गएको थियो ।
बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा पूर्व तर्फ जाँदै गरेको सुप प्र ०१००१ ख ३००९ नम्बरको बसले सोही दिशामा जाँदै गरेको से १ प ९५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/05/02, 1:46
2023/01/08, 4:47
2024/11/26, 2:07