थप २१ जना कोरोना संक्रमितको मृत्यु
2020/10/22, 4:47
 
sab

नेपालमा थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

चौबीस घण्टाको अवधिमा बुधवार अपराह्णसम्म थप २१ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

योसहित नेपालमा अहिलेसम्म ८१२ सङ्क्रमितको मृत्यु भएको देखिन्छ।

सङ्क्रमितमध्ये २९० जना सघन उपचार कक्षमा र ७७ जना भेन्टिलेटरमा उपचाररत रहेका छन्।

नेपालमा विगत २४ घण्टामा ३,६३७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधवार दिएको छ।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित भेटिने क्रम जारी छ। अहिले पुष्टि भएका सङ्क्रमितमध्ये १,५५२ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।

योसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या एक लाख ४८ हजार नाघेको छ।