सुदूरपश्चिममा थप ७५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९३१८ पुग्यो
2020/10/22, 8:34
 
corona

सुदूरपश्चिम प्रदेशमा आज थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले २४ घण्टामा ६ वटा प्रयोगशालामा ८ सय ३२ जनाको परीक्षण गर्दा थप ७५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका ४७ सहित थप ५३ जनामा कोरोना पुष्टि भएको छ। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ३ सय ३३ जनाको परीक्षण गरिएकोमा ५३ जनामा संक्रमण पुष्टि जानकारी दिए।  

उनका अनुसार धनगढी उपमहानगरपालिकाका २६ जना, टीकापुर नगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो। यस्तै कैलालीकै चुरे गाउँपालिका र गौरीगंगा नगरपालिकाका एक÷एक जना र ठेगाना नखुलेका २ जनामा समेत कोरोना संक्रमण देखिएको छ। 

उता कञ्चनपुरको भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका २र२ जना, शुक्लाफाँटा नगरपालिका र बेलौरी नगरपालिकाका एकरएक जनामा पनि कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको छ। १०४ जनाको कोरोना परीक्षण भएकोमा ८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका ८ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए।  

पछिल्लो २४ घण्टामा बैतडीका थप ७ जनामा आज कोरोना पुष्टि भएको छ। डडेल्धुरा अस्पताल र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

डडेल्धुरा अस्पातलको प्रयोगशालामा गरिएको परीक्षणमा पाटन नगरपालिकाका २० वर्षीय पुरुष र जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा दशरथचन्द नगरपालिकाका ४७, ३०, २१, २३ र २० वर्षीय गरी ५ जना पुरुष र २७ वर्षीया एक महिलामा कोरोना पुष्टि भएको हो। बिहिबार थप सात जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा संक्रमितको संख्या ४६६ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ।

यस्तै अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ५ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ३ जना र बझाङ जिल्ला अस्पतालमा गरिएको परीक्षणमा १ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको छ।  संक्रमित मध्ये ७ हजार ४ सय बढिले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ।