सुदूरपश्चिममा १५४४ संक्रिय संक्रमित, हालसम्म ७४८३ जना डिस्चार्ज
2020/10/22, 10:36
 
corona

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ५सय ४४ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ७ सय २०, डोटीमा १ सय ६२, कञ्चनपुरमा १ सय १७, बझाङमा १ सय ५७, अछाममा ८८, बैतडीमा ४१, डडेल्धुरामा ६४, दार्चुलामा १ सय ८३ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिमबाट हाल सम्म ७ हजार ४ सय ८३ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा २ हजार २ सय ८८ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।