सुदूरपश्चिमका कोरोना संक्रमितको संख्या ९३१८ पुग्यो, कुन जिल्लामा कति ? 
2020/10/23, 12:25
 
corona

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको छ । प्रदेशका ६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा ७५  जना थपिएसँगै संक्रमितको संख्या ९ हजार ३ सय १८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तर प्रदेशको सामाजिक विकास मन्त्रालयले भने संक्रमितको संख्या ९ हजार ४८ पुगेको जनाएको छ । सुदूरपश्चिम स्थायी घर भई प्रदेश बाहिरका प्रयोगशालामा परीक्षण गरी संक्रमण पुष्टि भएकाहरुको संख्या समावेश नगर्दा कम देखिएको मन्त्रालयले जनाएको छ ।

कैलालीमा सबैभन्दा धेरै ३ हजार ४ सय ४८ जना र डोटीमा एक हजार २ सय ४३ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए । अछामका १ हजार १ सय ५० जना, कञ्चनपुरका ९ सय ९७, बझाङका ६ सय १९, बैतडीका ४ सय ७७, बाजुराका ४ सय ५९, डडेल्धुराका ३ सय ९३, दार्चुलाका २ सय ५६ जनामा संक्रमण पुष्टि भएको कार्कीले बताए ।
संक्रमण पुष्टि भएका मध्ये ७ हजार ४ सय ८३ जनाले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ ।