समयमै भवन निर्माण सकेपछि कैलालीका व्यवसायी प्रकाश सेठी १५ औं पटक सम्मानित
2020/10/23, 5:32
 
samman

कैलालीका निर्माण व्यवसायी प्रकाश सेठी १५ औँ पटक सम्मानित भएका छन् । कैलालीको चुरे गाउँपालिकाको भवन निर्माण सम्पन्न भएपछि उनलाई सम्मान गरिएको हो । भवन उद्घाटन गरेका संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले निर्माण व्यवसायी सेठीलाई सम्मान गरेका हुन् । राजेन्द्र रोयल जेभीका सञ्चालक सेठीले ठेक्का सम्झौता अघि नै काम सम्पन्न गरेपछि मन्त्री भट्टले प्रशंसा पत्र  सहित सम्मान गरेका हुन ।

निर्माण व्यवसायी सेठी यसअघि निर्धारित समय अगावै काम सम्पन्न भएपछि १५ पटक सम्मानित र पुरस्कृत भईसकेका छन । सेठीका अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय नवलपुरको भवन, शहरी विकास तथा भवन निर्माण विभाग संघिय आयोजना कार्यान्वयन ईकाई धनगढीबाट कार्यान्वयन भएको टीकापुर बसपार्क, कञ्चनपुरको त्रिभुवन बस्ती स्वास्थ्य चौकी भवन, कालिका स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अगाडी नै सम्पन्न गरेपछि सम्मानित भएका थिए ।

यस्तै पुर्नवास नगरपालिका भवन, सुर्खेतको मेलकुना सिटी हल, उच्च सरकारी वकिलको कार्यालय भवन सुर्खेत, उच्च सरकारी वकिलकै कार्यालय भवन नेपालगञ्ज, सुर्खेतकै गुमी स्वास्थ्य चौकी भवन, सानीलेक स्वास्थ्य चौकी भवन, घाटगाउँ स्वास्थ्यचौकी भवन, दहचौर स्वास्थ्य चौकी भवन सुर्खेत र सुर्खेतकै रानीबास स्वास्थ्य चौकी भवनको काम पनि सम्झौता अवधि अगाडी नै सम्पन्न गरी हस्तान्तरण गरिएको थियो ।

यो पनि पढ्नुहोस्

विकास निर्माणको काममा नयाँ किरण छर्दै प्रकाश