सुदूरपश्चिममा थप १३२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९४६१ पुग्यो
2020/10/23, 6:48
 
corona

सुदूरपश्चिम प्रदेशमा थप १ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा प्रदेशका ४ वटा प्रयोगशालामा १ हजार १ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ३२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले सेती प्रादेशिक अस्पताल प्रयोगशालामा १ सय ११ जना, डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १४, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा ४ र जिल्ला अस्पताल बझाङ प्रयोगशालामा थप ३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

सेती प्रादेशिक अस्पतालमा ६ सय ८० जनाको परीक्षण गर्दा थप १ सय ११ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार सबैभन्दा धेरै धनगढी उपमहानगरपालिका ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । धनगढी उपमहानगरपालिकाका १६ महिला र २९  पुरुष गरी ४५ जनामा संक्रमण पुष्टि भएको उनले बताए । उनीहरुको वडा खुलेको छैन् ।

यस्तै गोदावरी नगरपालिका २९ जना, कैलारी गाउँपालिकाका ६ जना, घोडाघोडी, लम्कीचुहा र टीकापुर नगरपालिकाका ३, ३ जना, गौरीगंगा नगरपालिकाका २ र स्थानीय तह नखुलेका १ जनामा पनि संक्रमण देखिएको सूचना अधिकारी श्रेष्ठले बताए । कञ्चनपुरको वेदकोट नगरपालिकाका ५ जना, शुक्लाफाँटा, कृष्णपुर र भीमदत्त नगरपालिकाका ३र३ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

बैतडीको दशरथ चन्द नगरपालिकाका १ जना, डोटीको शिखर नगरपालिका र केआइसिह गाउँपालिकाका १र१ जना, कञ्चनपुरको बेल्डाडी गाउँपालिकाका १ जना र स्थानीय तह नखुलेका कञ्चनपुरकै १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । 

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ९ हजार ४ सय ६१  पुगेको छ ।  संक्रमित मध्ये ७ हजार ५ सय बढीले कोरोना जितेका छन् भने ३० जनाको मृत्यु भएको छ ।