
कञ्चनपुरमा एक लाख ८१ हजार चार सय सहित ५ जुवाडे पक्राउ परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर २ बंकका टेकबहादुर चन्दको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक अमरबहादुर थापाका अनुसार पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ का जय बहादुर धानुक, वडा नम्बर ७ का नर बहादुर कुवँर, कृष्णपुर नगरपालिका वडा नम्बर २ का सुमन भण्डारी, वडा नम्बर ५ का यज्ञराज पाण्डेय र वडा नम्बर १ का दमन चन्द रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय झलारीको हिरासतमा राखिएको र जुवा ऐन अन्तर्गत कारवाहि हुने थापाले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09