
धनगढीबाट अछाम पनि जहाज उड्न थालेको छ । बैतडी, डोटी, बझाङ र बाजुरा नियमित उडान गरिरहेको समिट एयरले शुक्रबारदेखि धनगढीदेखि अछामको साँफेबगर विमानमा पनि नियमित उडान भर्न थालेको हो ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले शुक्रबार पहिलो दिन नै धनगढी–साँफेबगर २ वटा उडान भएको जानकारी दिए ।
उनका अनुसार धनगढी–साँफेबगरको भाडा ३ हजार ५ सय ५० रुपैँया तोकिएको छ ।

समिट एयरले यसअघि नेपालगञ्जदेखि साँफेबगर विमानस्थलमा उडान भर्दै आएकोमा अब धनगढीबाट पनि नियमित उडान गर्ने भएको हो ।
उडान तालिका भने तत्काल तय हुन नसकेको बताइएको छ ।
दशैँका कारण १० गते सम्म उडान रोकिएको बताउँदै धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले ११ गतेदेखि पुनः पहाडी जिल्लामा नियमित उडान हुने जानकारी दिए ।
2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52