जिल्ला अस्पातलमा कोरोना परीक्षण रोकियो
2020/10/25, 9:54
 
korona

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा तत्कालका लागि कोरोना परीक्षण रोकिएको छ । केमिकलको अभाव र दसैँको समयमा कर्मचारी बिदामा भएकाले कोरोना परीक्षण रोकिएको जिल्ला अस्पताल श्रोतले जनाएको छ । काठमाडौंबाट १२ गतेमात्रै केमिकल पुग्ने जानकारी प्राप्त भएकाले कात्तिक १२ गतेपछि मात्रै प्रयोगशालाबाट परीक्षण सुरु गरिने जिल्ला अस्पतालका वरिष्ठ ल्याब असिष्टेन्ट चन्द्रसिंह डोबालले जानकारी दिए । ‘अहिले स्वाब पनि कम संकलन भएको छ’, उनले भने, ‘आकस्मिक परीक्षण गर्नुपरे डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्न आग्रह गरेका छौँ ।’

गएको असोज १ गतेदेखि कोरोना परीक्षण सुरु गरिएको प्रयोगशालामा अहिलेसम्म १ हजार ४११ नमूना परीक्षण गरिएको डोबालले जानकारी दिए ।

जिल्ला अस्पतालमा सञ्चालित प्रयोगशालामा परीक्षण रोकिँदा स्थानीय तहहरुले संकलन गरेका स्वाबलाई डडेल्धुरा पठाउने गरिएको छ । आकस्मिक परीक्षण गर्नुपर्ने स्वाबहरु संकलन गरेर डडेल्धुरा पठाउने गरेको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए।