संस्कृति जोगाईरहेको शसस्त्रले पाएन् यसपाली लिङ्गे पिङ हाल्न !
2020/10/25, 1:24
 
ping

नेपालीले मनाउने दशैंको अर्को आकर्षण पिङलाई पनि मान्ने गरिन्छ । दशैं–तिहारको अवसरमा एक पटक भूइँ छाड्नु पर्छ भन्ने मान्यता छ । जसका लागि बुढादेखि बच्चासम्मले लिङ्गे पिङ खेल्ने मान्यता परम्पराको रुपमा स्थापित छ । दशैंको सुरुवातमा पिङ्ग थाप्ने चलन हुन्थ्यो । दशैंको शुरुवातमा थापेको पिङ तिहारसम्मै खेल्न चलन थियो । टोलै पिच्छे पैसा उठाएर बाँस, सालको लिङगो गाडेर, डोरी बाटेर दशैंदेखि तिहारसम्म सार्वजनिक स्थानमा पिङ बनाउने टोल–टोलमा लहर नै चल्ने गथ्र्यो ।

झण्डै डेढ र दुई दशकयता देखि जाँते, रोटे पिङ लोप भइरहेका छन् भने, गाउँले मिलेर बनाउने लिङ्गे पिङ पनि विस्तारै हराउन थालेको छ । कैलाली जिल्लामा पनि पिङ लोप भईसकेका छन । तर कैलालीमा भने सशस्त्र प्रहरीले कैलालीका विभिन्न ठाउँमा पिङ हालेर यसको संरक्षण गर्दै आएको थियो । त्या पनि यसपाली हुन सकेन् । धनगढीको खुल्ला मञ्च लगायतका सवै स्थायी र अस्थायी युनिटहरुमा लिङे पिङ हाल्दै आएको शसस्त्रले यसपाली कोरोना कहरले हाल्न नपाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक दिपेन्द्र कुँवरले बताए । 

हिन्दूको महान् चाड दशैँतिहारमा पिङ हाल्ने र खेल्दै आए पनि केही वर्षदेखि हाम्रो मौलिक संस्कृति हराउँदै गएको छ । गाउँगाउँदेखि ठूला शहरबजारमा दशैँ आउनु केही समयअघिदेखि पिङ हालेर खेलिने मौलिक परम्परा पछिल्लो पुस्तामा कम चासो भएसँगै हराउन लागेको छ । झन् यस वर्ष कोभिड –१९ का त्रासका कारण दशैँका बेला हालिँदै आएको पिङ हालिएको छैन । विगतमा दशैँ आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे । अनि जिल्लाका विभिन्न स्थानमा दर्जनौँ दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गथ्र्याे ।

सुदूरपश्चिममा दशैँमा एक पटक पिङ खेलेर भुई छोड्नुपर्ने प्रचलन कम हुदै गएका बेला सशस्त्र प्रहरीले भने त्यसलाई निरन्तरता दिदै आएको थियो । ऐतिहासिक महत्व समेत बोकेको लिङ्गे पिङ खेल्ने चलन घट्दै गएका बेला सशस्त्र प्रहरीले भने संरक्षण गर्दै आईरहेको हो । पुराना पुस्ताहरुमा पिङ खेल्दै दशैंमा  रमाईलो गर्ने प्रचलन रहेपनि नयाँ पुस्तामा पिङ प्रतिको आकर्षण कम हुदै गएको बेला सशस्त्र प्रहरीले यसलाई पछिल्ला बर्षहरुमा निरन्तरता दिदै आएको थियो । यसपाली भने कोरोना कारण विगतको परम्परा टुटेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक कुँवरले बताए । 

1

सशस्त्र प्रहरीले अघिल्लो बर्ष कैलालीका १० स्थानमा पिङ हालेको थियो भने ती पिङमा सर्वसाधारणले निःशुल्क रुपमा खेल्न पाएका थिए । शसस्त्र प्रहरीका अनुसार ३४ नम्बर गणले धनगढीको पूरान एयरपोर्ट, बडिमालिका जवान तालिम शिक्षालय, टीकापुरमा रहेको शिक्षालय, त्रिनगर भन्सार, ५५ नम्बर सुरक्षा गुल्म अत्तरिया, बिओपी फुलबारी, भजनी र बिओपी खक्रौँला तथा सुरक्षा बेस सहजपुर र बौनियाले पनि स्थानीयलाई लक्षित गरी पिङ हालेका थिए । तर यसपाली कुनै पनि ठाउँमा पिङ पाल्न नपाएको शसस्त्रले जनाएको छ । सशस्त्र प्रहरीले कैलाली मात्र नभएर कैलाली कञ्चनपुर सहित प्रदेशका २५ ईकाईहरुमा अघिल्लो बर्ष पिङ हालेको थियो । 

4

सशस्त्र प्रहरी बल सुदूरपश्चिम नम्बर ७ बाहिनी अत्तरियाका अनुसार यो बर्ष स्थायी तथा अस्थायी पोष्टहरु पनि थपिएका कारण ६१ भन्दा वढी स्थानहरुमा पिङ हाल्ने योजना रहेको थियो । त्यो योजना कोरोनाका कारण अगाडी नबढ्दा एक स्थानमा पनि पिङ हाल्न नपाईएको हो । 

1