
कञ्चनपुरमा लागु औषध चरेशसहित २ जना पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर १० को टापर भन्ने स्थानबाट १ ग्राम ६ सय ६० मिलिग्राम लागु औषध चरेश सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले पक्राउ पर्नेमा बेल्डाँडी गाउँपालिका २ का ३० वर्षीय नविन राना र २४ वर्षीय डिल्लु राना रहेको जानकारी दिए ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टोलीले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09