‘फौजीलाई कुन हो दशैँ, कुन हो चाड ?’ (फोटो कथा)
2020/10/27, 8:57
 
corona

कुनै पनि मुलुकको शान्ति सुरक्षाको मेरुदण्ड भनेकै सुरक्षाकर्मी हुन् । राष्ट्र र जनताको सुरक्षामा खटिने उनीहरूका लागि चाडपर्व परिवार सम्झाउने माध्यम मात्रै बन्छ । कर्तव्य निर्वाह गर्ने क्रममा निजि क्षेत्र र कर्मचारी जस्तै उनीहरूले बिदा पाउँदैनन् । यो वर्ष कोरोना महामारीबीच दसैँ पर्यो । मुलुकका तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो नियमित जिम्मेवारी बाहेक कोरोना विरुद्धको अभियानमा पनि सक्रिय छन् ।

1

तीन वटै सुरक्षा निकायका १० हजार बढी कर्मचारी कोरोना संक्रमित छन् । सरकारले कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिनेलाई जोखिम भत्ता दिने निर्णय गरेको थियो । चैतबाटै लागु हुने गरि सुरक्षाकर्मी, स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिम भत्ता सात महिना बित्न लाग्दा समेत उनीहरूले पाउन सकेका छैनन् ।

4

यस्तोमा उनीहरूको मनोबलमा समेत प्रभाव पर्दै गएको छ । एकातिर कोरोना जोखिममा ड्युटी, अर्कोतिर जोखिम भत्ता समेत नपाउनु र त्यसमाथि संगठनले बिदा समेत नदिने निर्णय गरेपछि उनीहरूको दसैँ कर्तव्यपालनामा बितेको छ । नेपाली सेनाले जवानहरूलाई बिदा दिएको भएप्नि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भने दसैँमा बिदा दिएनन् । 

1

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएससपी) प्रतिक बिष्टले महामारीमा प्रहरी अझै सक्रिय हुनुपर्ने भएकाले अत्यावश्यक बाहेकका बिदा नदिईएको बताए । उनले भने, “विगतमा पनि हामी दसैँमा बिदा कम छाड्थ्यौं । यस पटक कोरोनाले थप चुनौती निम्त्याएको छ । त्यसैले पनि शान्ति सुरक्षामा हामी थप सचेत हुनुपर्ने अवस्था छ । अहिलेको दशैँ हामीले ड्युटीमा खटिएर मनाएका छौं ।”

3

प्रहरीमा झन्डै ६ हजारको हाराहारीमा कोरोना संक्रमित छन् । सशस्त्र प्रहरी बलले पनि दसैँमा बिदा दिएन् । सीमा सुरक्षा, कोरोना विरुद्धको मोर्चा, विशिष्ट व्यक्तिको सुरक्षा, विपत् व्यवस्थापन लगायतमा सशस्त्र प्रहरी खटिँदै आएको छ । सशस्त्र प्रहरीमा १६ सय बढी संक्रमित छन् ।

4

सशस्त्र प्रहरी बल नेपाल हेड क्वाटर नम्बर ३४ का प्रहरी उपरिक्षक दिपेन्द्र कुँवरले भने, “यसपालीको दसैँ जनताको सुरक्षा र कोरोना विरुद्धको अभियानमा केन्द्रित रह्यो । सामान्य रुपमा ब्यारेकमै दसैँ मनाएका छौं । तर विगतको जस्तो रमाइलो यसपालि भएन । कोरोनाले पनि हामीलाई त्यसो गर्न दिएन ।”

1

विगतका दसैँ तिहार लगायत चाडपर्वमा काममा असर नपुग्ने प्रहरी र सशस्त्रले आलोपालो बिदा पाउने गरेका थिए । तर कोरोना महामारीले पछिल्लो समय परिस्थिति फेरिएको छ । बिदामा जाँदा कोरोना जोखिम र फर्किदा १४ दिन क्वारेन्टिन बस्नुपर्ने अवस्था छ ।

4

सुरक्षा अधिकारीहरू प्रहरी निकाय आम निकायभन्दा फरक रहेकाले जिम्मेवारी र दायित्व पनि फरक हुने बताउँछन् । महामारी नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनका लगि ०७६ चैत ११ बाट सुरक्षा निकायमा अत्यावश्यक बाहेक बिदामा रोक लगाइएको छ ।

4

लामो समय बिदा नपाउँदा तल्लो तहका कर्मचारीमा मानसिक तनाव लगायत समस्या देखिन सक्ने भन्दै सशस्त्रले भने मनोपरामर्श लगायत उनीहरूलाई जोखिममा कसरी काम गर्ने लगायतको प्रशिक्षण दिएको छ । सेनाले भने सम्भव भएसम्म आफ्नै सवारीमा बिदा जानेलाई गन्तव्यसम्म पु¥याएको छ । तेघरी ब्यारेकका कर्णेल विकास केसीले गणभित्रै सामाजिक दुरी कायम गरेर दशैं मनाएको बताए ।