
कञ्चनपुरमा छोराले दाउले हिर्काउँदा आमा घाइते भएकी छिन् । जिल्लाको भिमदत्त नगरपालिका वडा नम्बर ८ तिलाचौरीका २५ वर्षिय दिपक ऐरले ५५ वर्षीया आमा गंगादेवी ऐरलाई दाउले हिर्काएका हुन् ।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुस्त मनस्थितिका ऐरले सोमबार साझ आमाको टाउकोमा दाउले हिर्काएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरिक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार गंगादेवीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार हुँदै छ । उनको टाउकोमा चोट लागेको छ । दिपकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09