
बैतडीमा कुटपिटमा परी घाइते भएका युवकको मृत्यु भएको छ । कुटपिटमा परी घाइते भएका पञ्चेश्वर गाउँपालिका वडा नम्बर ३ का ३२ बर्षीय कमलबहादुर साउँद उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले कात्तिक ९ गते कुटपिटबाट घाइते साउँदलाई धनगढीबाट थप उपचारका लागि कोहलपुर लैजादै गर्दा सोमबार मृत्यु भएको बताए ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । यसैबीच हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अधिकारीले साउँदमाथि कुटपिट गरी हत्या गरेको आरोपमा स्थानीय विरेन्द्र चन्द्र र ज्ञानेन्द्र चन्दलाई पक्राउ गरिएको बताए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 4:45
2022/02/16, 10:08
2020/12/02, 5:55