सुदूर पश्चिममा दशैंको टीकाको दिन सोमवार चार जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार बझाङको मष्टागाउँपालिकामा ३० वर्षीय नृपेन्द्र खड्काले झुण्डिएर आत्महत्या गरेकी छन् । बझाङमा बीष सेवन गरेकी एक महिलाको भने उपचार भईरहेको छ ।
त्यस्तै अछामको चौरपाटी गाउँपालिका– ३ गगुडाकी २६ वर्षीया निर्मला कामीले भुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । कैलालीमा हिजो दुई जनाले आत्महत्या गरेका छन् । प्रहरीका अनुसार आत्महत्या गर्नेमा धनगढी उपमहानगरपालिका— १२ मुक्त कमैया शिविरकी ६० वर्षीया कलावती चौधरी र गोदवरी नगरपालिका— ५ का ६५वर्षीय कृतसिंह बोहरा रहेका छन् ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/02/11, 1:42
2021/09/13, 11:47
2022/07/24, 5:53
2023/12/03, 11:34