
कैलालीमा बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर २ का एक ३२ वर्षीय पुरुष रहेका सुखड प्रहरीले जानकारी दिएको छ ।

सोही वडाकी ३४ वर्षीया महिलाले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेका हो। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक सागर बोहराले भने, “ती पुरुषले सोमबार राती ११ बजे कोही नभएको मौका छोपी महिलाको घरमै गई जबरजस्ती करणी गरेका रहेछन् ।
उनलाई पक्राउ गरी जिल्ला चलान गरिसकेका छौ ।” महिलाको स्वास्थ्य परीक्षण तथा आवश्यक प्रक्रिया अघि बढाई घटनाको अनुसन्धान समेत भइरहेको प्रहरीले बताएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09