
डोटीमा वडाध्यक्षका छोराको चक्कु प्रहारबाट एक जना युवक घाइते भएकाछन् । शिखर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष नर बहादुर बलायरका २४ वर्षीय छोरा हर्क बलायरले सोही ठाउँका २१ वर्षीय हर्क बलायरलाई चक्कु प्रहार गरेको हो । गाउँमा लागेको दशैं मेलाका क्रममा सोमबार चक्कु प्रहार गरी गम्भिर घाइते बनाएको घाइते हर्क बलायरका दाजु कैलाश बलायरले बताए ।

घाइतेको धनगढी स्थित निसर्ग हस्पिटलमा उपचार भैरहेको छ । चक्कु प्रहार गर्ने वडाध्यक्षका छोरा हर्क बलायरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष बलायर तत्कालिन नेकपा माओबादीबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09