
बझाङमा वडाध्यक्ष सहित १० जना जुवाडे पक्राउ परेका छन् । जयपृथ्वी नगरपालिका वडा नम्बर ४ बाट विशेष सूचनाका आधारमा जुवा खेलिरहेको अवस्थामा नगदर ७० हजार सहित १० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपक खड्काले ७० हजार ७ सय ३० रुपया सहित जयपृथ्वी नगरपालिका ४ का वडाध्यक्ष गगन खाती लगायतका जुवाडेलाई पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ परेका अन्यको नाम रुजु गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अहिले हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/22, 4:51
2021/12/28, 2:41
2023/01/09, 6:06
2024/11/27, 1:38
2020/07/20, 10:43