
सुदूरपश्चिमका थप ६ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा गरिएको ९७ वटा नमुनाको परीक्षणमा ६ जनामा पोजेटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार थपिएका छ जना मध्ये धनगढीका चार र कञ्चनपुरका दुई जना रहेका छन् । दुई दिनसम्म कम नमुना संकलन भएका कारण रोकिएको परीक्षणको काम फेरि सुरु भएको हो ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39