
अछामको कमलबजार नगरपालिकाका मेयरलाई कोरोना संक्रमण पुष्टी भएको छ । मेयर ओमप्रकाश विष्टलाई बुधबार कोरोना संक्रमणको पुष्टी भएको हो । कमलबजार कोरोना प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार उनको बुधबार नेपालगञ्ज बागेश्वरी डाईग्नोटिक्स परिक्षण केन्द्रमा गरिएको परिक्षणमा कोरोना पुष्टी भएको हो ।

मेयर विष्टले समेत सामाजिक सञ्जालमा कोरोना पुष्टी भएको जानकारी गराएका हुन् । उनले सम्पर्कमा आएकाहरुलाई सुरक्षित रहन र परिक्षण गर्न समेत भनेका छन् । उनले लक्षण नभएको भन्दै होम आइसोलेसनमा बसेको जानकारी गराएका छन् ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/02/11, 1:38
2021/09/13, 11:42
2022/07/24, 5:52