
कैलालीमा कुटपिट गरी युवकको हत्या भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको गएराती कुटपिट गरेर हत्या भएकोे प्रहरीले जनाएको छ । गएराती साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको अस्पताल पुराउने क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए ।

उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुगेपछि चिकित्सकले मृत घोषणा गरेका थिए । यसैबीच तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । अनुसन्धानका लागि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39