नागरिक समाज कैलालीले जेठ १० गते रुकुम पश्चिमको चौरझारी नगरपालिका ८ सोतीमा तीनजना युवाको हत्या गर्ने हत्यारालाई कार्वाहीको माग गरेको छ । मंगलबार नागरिक समाज कैलालीले कार्वाहीको माग राख्दै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहरा मार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाएको छ ।
ज्ञापनपत्रमा गैर दलित समुदायको यूवती र दलित समुदायको यूवक बिच बिवाह गर्न नदिन सोतीका गाउँलेले नवराज बिक, गणेश बुढामगर र टिकाराम बिककाृ हत्या गरिएकोले यो दलित समुदाय माथी सांस्कृतीक रुपमै आक्रमण भएको बताईएको छ । घटनाले मानव अधिकारको उल्लंघन मात्रै नगरेर बर्तमान संविधान र ऐन कानुनको धज्जी उडाएको ज्ञापनपत्रमा उल्लेख छ ।
घटनाको सत्यतथ्य छानविन गरि हत्या गरिएका ब्यक्तिलाई सहित घोषणा गर्न , पिडित परिवारलाई राहत र क्षेतिपूर्ती दिन दोषीलाई ज्यान मुद्धा र जातीय भेदभाव सम्वन्धी कसुरमा मुद्धा चलाउन ज्ञापनपत्रमा माग रिएको छ । नेपाली कांग्रेस कैलालीका महासमिति सदस्य तथा दलित अगुना प्रेम बिसीले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्र राष्ट्रिय दलित समाज कल्याण संघ कैलालीका अध्यक्ष चक्र बिकले पढेर सुनाएका थिए ।