
कञ्चनपुर प्रहरीले वन पैदावार हानी नोक्सानी मुद्धाका २ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बेदकोट नगरपालिका–४ बिजयनगर बस्ने ४३ वर्षीय करन गाहामगर र सोही ठाउँका ३६ वर्षीय गणेश थापा मगर रहेका छन् ।

उनीहरुलाई जिल्ला अदालतले २०७५ सालमा जनही २ महिना कैद सजाय र १० हजार ३ सय ३५ जरिवाना तोकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।
पक्राउ गरिएको दुवैलाई आवश्यक कारवाहीका लागि अदालतमा पेश गरेको प्रहरीले जनाएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/07/18, 8:57
2022/04/04, 10:39
2023/05/01, 5:35
2020/10/10, 9:39