
कञ्चनपुरको बेदकोट नगरपालिका २ बसन्थलामा बिहेको भोज खाएपछि बिरामी हुनेको संख्या ३४ पुगेको छ । वेदकोट नगरपालिका वडा नम्बर २ बसन्तथलाका स्थानीयको गाउँमै विवाहको भोज खाएका थिए । बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दको नेतृत्वमा बिरामी परेका ३४ जनालाई उपचारका लागि महाकाली अस्पताल पुर्याइएको हो ।

उनले बिरामी परेका २९ जनालाई अस्पताल राती नै अस्पताल पु¥याएको र शनिवार बिहान थप ५ जनालाई अस्पताल पुर्याइएको बताए ।
नगर प्रमुख चन्दका अनुसार बिहे भोज खाएका सबै बिरामी परेका हुन । ३४ जना अस्पतालमा रहेको र अरु केहीले घरमै नजिकैको क्लिनिकबाट औषधी लिएको बताए ।
उनीहरुमा ज्वरो आउने, पखाला र वान्ता लाग्ने समस्या देखिएपछि सबैको महाकाली अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई फूड प्वोइजन भएको र अहिले उनीहरुको अवस्था सामान्य रहेको बुझिएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/06, 9:24
2022/05/10, 5:49
2020/06/24, 12:24
2020/10/31, 9:24
2023/01/03, 4:09