
अछामका थप ५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कमलबजार नगरपालिकाकोे प्रयोगशालामा पछिल्लो २४ घण्टामा १३ जनाको स्वाव परीक्षण गरिएकोमा ५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए ।

उनका अनुसार कमल बजार नगरपालिकामा १ पुरुष, बयलपाटा अस्पतालमा २९ वर्षीया महिला, ३०, ३३, ३४ वर्षका पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएका हो । हालसम्म अछामको कमलबजार नगरपालिकाकोे प्रयोगशालामा १ हजार ४ सय ५१ जनाको स्वाव परीक्षण गरिएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 2:34
2021/01/05, 2:21
2021/08/09, 1:30
2022/05/16, 6:00
2023/07/05, 5:07