
कैलालीका ४६, कञ्चनपुरका ५ जना र डडेल्धुरका एक जनाहित सुदूरपश्चिममा थप ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३ सय ९७ जनाको परीक्षण गरिएकोमा ३८ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का २५ जना, वडा नम्बर २ का ३ जना, वडा नम्बर ५ का २ जना, वडा नम्बर ७ र ८ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए /

यस्तै कैलालीकै जानकारी गाउँपालिकाका ६ जना, गोदावरी नगरपालिकाकाक ४ जना र ठेगाना नखुलेका ४ जनामा संक्रमण पुष्टि भएको छ ।
उता कञ्चनपुरको भीमदत्त नगरपालिकाका ५ जना र डडेल्धुराको अमरगढी नगरपालिका–५ का एक जनामा संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04