सुदूरपश्चिममा ८०७७ जनाले कोरोना जिते, १३२४ सक्रिय संक्रमित 
2020/11/01, 8:18
 
corona

सुदूरपश्चिममा आठ हजारभन्दा बढीले कोरोना जितेका छन् । प्रदेशका नौ वटै जिल्लाहरुमा गरी आठ हजार ७७ जनाले कोरोना जितेका हुन् । शनिबार मात्रै ५९ जना कोरोनालाई जित्दै घर फर्किएका छन् । डडेल्धुराबाट ४२ जना, बैतडीबाट ६ जना, बझाङबाट १ जना र कैलालीबाट १ जना गरी ५९ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेशमा सक्रिय संक्रमितको संख्या एक हजार ती सय २४ रहेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ९०, डोटीमा १ सय ७, कञ्चनपुरमा ७४, बझाङमा १ सय ६९ कोरोनाका सक्रिय संक्रमित रहेका छन । यस्तै अछाममा ८९, बैतडीमा २८, डडेल्धुरामा ४९, दार्चुलामा १ सय ९३ जना, बाजुरा ६ र प्रदेश बाहिर १९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन ।

सुदूरपश्चिममा ७ सय २० जनाको स्वावको रिर्पोट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुदुरपश्चिममा हालसम्म नौ हजार सात सय ५० जनामा कोरोना पुष्टि भएकोमा ३४ जनाको मृत्यु भएको छ ।