कैलाली र कञ्चनपुरका थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा गरिएकोमा परीक्षणमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उपमहानगरपालिकाको धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ का ५ जना, वडा नम्बर ५ का ३ जना र वडा नम्बर १, ४, ७, ८ र १२ का एक/एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।
यस्तै कैलालीकै गोदावरी नगरपालिकाका ४ जना, टीकापुर नगरपालिकाका ३ जना, घोडाघोडी नगरपालिकाका २ जना र लम्किचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ ।
उता कञ्चनपुरको बेदकोट नगरपालिका–१० का ९ जनामा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।
2025/01/11, 3:25
2025/01/11, 3:19
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2024/12/17, 11:44
2021/05/28, 10:58
2022/01/08, 10:36
2023/01/19, 12:16
2024/12/02, 11:41
2020/07/24, 8:08